Breaking News.... EverestOnlineKhabar
April 19, 2026

प्रमुख निर्वाचन आयुक्त यादवकी बुहारी माओवादी केन्द्रबाट उम्मेदवार

Loading

काठमाडौ,१५ मंसिर ।
प्रमुख निर्वाचन आयुक्त डा.अयोधिप्रसाद यादवकी बुहारी प्रमिला कुमारी यादव माओवादी केन्द्रबाट समानुपातिक उम्मेद्वार बनेको खुलासा भएको छ । माओवादीले प्रमिलालाई प्रदेशसभातर्फ मधेसी कोटामा समानुपातिक सूचीमा राखेको छ। प्रमिला प्रमुख आयुक्तका छोरा अशोककी पत्नी हुन्।
प्रमुख निर्वाचन आयुक्त यादवले आफ्नी बुहारी चुनावी प्रतिस्पर्धामा रहेको बताए। उनले भनेः‘मेरो छोरा र बुहारी यसअघि नै मसँग छुट्टिएर आफ्नै तरिकाले बसेका छन्। त्यसैले उनीहरु स्वतन्त्र हुन्, यो उनीहरुको व्यक्तिगत छनोट हो।’
निर्वाचन कानुनले विचार, आस्था, विश्वास र पृष्ठभूमिका आधारमा सबै नेपाली नागरिकलाई चुनाव लड्ने अनुमति दिएको छ। तर आयोगका एक निर्वाचन आयुक्तले प्रमुख आयुक्तको बुहारीको उम्मेदवारीले चुनावसम्बन्धी निर्णय प्रभावित हुन सक्ने बताए। यादव माओवादी कोटाबाट प्रमुख निर्वाचन आयुक्त नियुक्त भएका हुन्।
‘बुहारी मनोनयन हुनेबित्तिकै प्रमुख निर्वाचन आयुक्तले यस विषयमा सार्वजनिक जानकारी गराउनुपर्थ्यो। यसले निर्वाचन आयोगको पारदर्शिता र विश्वसनीयतामाथि प्रश्न उठ्न सक्छ’ ती निर्वाचन आयुक्तले भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed