Loading

काठमाडौं,असाेज १९-  जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो र राति देशका विभिन्न भागमा मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना छ । जसमा आज कोशी प्रदेश र मधेश प्रदेशका अधिकांश स्थानमा पूर्ण बदली रहनेछ । यद्यपी काठमाडौं उपत्यकालगायत देशका केही ठाउँमा भने बिहानदेखि उघ्रिएकाे छ ।

बागमती प्रदेश र लुम्बिनी प्रदेशमा सामान्य बदली रहने अनुमान गरिएको छ भने बाँकी भूभागमा आंशिक बदली रहनेछ । कोशी र मधेश प्रदेशका धेरै स्थानमा, साथै अन्य प्रदेशका पहाडी तथा तराई भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ । कोशी र मधेश प्रदेशका एक–दुई स्थानमा भने भारी वर्षा पर्ने सम्भावना रहेको विभागले जनाएको छ ।

विभागका अनुसार आज राति कोशी, मधेश र बागमती प्रदेशका साथै देशका पहाडी भूभागमा सामान्य बदली रहनेछ भने अन्य क्षेत्रमा आंशिक बदली रहनेछ । यी प्रदेश तथा पहाडी भूभागका केही स्थानमा र बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ ।

कोशी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावनासमेत विभागले उल्लेख गरेको छ । अहिले देशभर बंगालको खाडीबाट आएको जलवाष्पयुक्त मनसुनी वायूको प्रभाव रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

सूचना, परिवर्तन र समृद्धिका लागि सञ्चार