काठमाडौं,असाेज १४- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई भेट्न व्यापक प्रचारप्रसार गरेर नख्खु कारागार गएका अभियन्ता निकोलस भुसाल निराश भएर फर्केका छन् ।
रविलाई भेट्ने अनुमति नपाएपछि उनले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहप्रति आक्रोश पोखे । अघिल्लो सरकारले बढी अत्याचार अहिलेको सरकारले रविमाथि गरेको आरोप भुसालले लगाएका छन् ।
उनले भने, ‘मैले भैरहवामा पनि उहाँलाई भेटेँ पोखरामा पनि भेटेँ, तर यहाँ भेट्न पाइनँ । पार्टीका सिनियर नेता र परिवारका सदस्यले पनि पाएका रहेनछन् । दशैंमा पनि परिवारको एक जनालाई मात्र भेट्न दिने रे । अघिल्लो सरकारले भन्दा पनि अहिले दमन अहिलेको सरकारले गरिरहेको छ ।’
उनले यसको आरोप मेयर साहमाथि खन्याए । रवि बाहिर निस्किएमा आफू पछि पर्छु भन्ने डर बालनमा रहेको भुसालको दाबी छ ।
‘यो सरकारको मुख्य पात्र बालेन साह हो । रवि, हर्क, निकोलस, दुर्गा बाहिर आए भने म कम हुन्छु भन्ने डर उसलाई छ । म बाहेक कोही छैन र यिनीहरू सबैलाई पन्छाउँछु भन्ने सोचेको छ । अमेरिकी दूतावास र इन्डियन दूतावासले ‘लुसिफर’ लाई प्रयोग गरिरहेका छन्,’ उनले भने ।
रविसँग आगामी योजनाबारे सल्लाह गर्न आएको तर भेट्न नपाएको दुखेसो भुसालले गरे ।