Breaking News.... EverestOnlineKhabar
April 21, 2026

Loading

२०७६ चैत्र १२, काठमाडौं । १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा सिरहा कमलामाई नगरपालिका–१ घर भई काठमाडौं सितापाइला बस्ने ३८ वर्षीय भुवन बिकलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–१४ कलंकीस्थित गेष्ट हाउसमा ललाई फकाई लगेर ती किशोरीलाई भुवनले जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed