Breaking News.... EverestOnlineKhabar
April 20, 2026

किन तिरेन पूर्वराजा ज्ञानेन्द्रको चिया बगानले २५ करोड कर….?

Loading

दमक,३१ जेठ ।
पूर्वराजा ज्ञानेन्द्र शाहको स्वामित्वमा रहेको भनिएको झापाको दमकस्थित हिमालय महालक्ष्मी चिया बगानले १२ वर्षसम्म पनि एकीकृत सम्पत्ति कर नबुझाएको रहस्य खुलेको छ । आर्थिक वर्ष ०६२÷०६३ देखि अहिलेसम्म बगानले नगरपालिकालाई कर नतिरेको दमक नगरपालिकाका कर शाखा प्रमुख टीका दाहालले बताए ।
आर्थिक वर्ष ०७३÷ ७४ सम्ममा बगानले जग्गाको ३ करोड १५ लाख ६३ हजार ६ सय ७१ रुपैयाँ ६५ पैसा कर तिर्न बाँकी देखिएको उनले जानकारी दिए । अहिलेको चलनचल्तीको भाउ र बगानभित्र रहेका अन्य संरचनाको सबै कर लगाउँदा बगानले २५ करोडभन्दा बढी तिर्नुपर्ने अवस्था आउने स्रोतको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed