Breaking News.... EverestOnlineKhabar
April 20, 2026

मन्त्रालय भागबण्डामा सत्तारुढ दलहरुबीच विवाद……

Loading

काठमाडौ,२८ जेठ ।
सत्तारुढ कांग्रेस–माओवादीले मन्त्रालय भागबन्डा अझै टुंगो लगाउन सकेका छैनन्। ११ मन्त्रालय कांग्रेस र ९ मन्त्रालय माओवादीले लिएर अन्य साना दललाई दिने सैद्धान्तिक सहमति भए पनि कुन–कुन मन्त्रालय भन्ने टुंगो लागेको छैन। खासगरी भौतिक पूर्वाधार तथा यातायात, ऊर्जा, सहरी विकासलगायतका विकासे मन्त्रालयमा दुवै दलले दाबी छाडेका छैनन्। माओवादीले विगतमा कांग्रेसले लिएको मन्त्रालय आफूलाई दिनुपर्ने र माओवादीले लिएका मन्त्रालय कांग्रेसलाई दिने गरी मन्त्रालय भागबन्डा लगाउन चाहेको थियो। तर, सहमति नजुटेपछि भागबन्डामा दुवै पक्षलाई‘विन–विन’ हुने गरी सहमतिको खोजी भइरहेको स्रोतले जनाएको छ ।
कार्यदलले टुंग्याइसकेका मन्त्रालयमा पनि पुनः दाबी भएपछि कार्यदल प्रभावशाली बन्न सकेको छैन। दुवै दलका दोस्रो तहका नेता सम्मिलित कार्यदलले दैनिकजसो बैठक गरे पनि ठोस सहमति जुटाउन नसकेपछि विषय अब शीर्ष तहमै पठाउने तयारी छ।
शीर्षको बैठक भने भागबन्डाकेन्द्रित भएर अझै केही दिन छलफल नहुने देखिएको छ। राजपालाई निर्वाचनमा ल्याउन पहल गर्नुपर्ने र माओवादी अध्यक्ष प्रचण्ड केही दिन राजधानीबाहिर रहने भएकाले पनि शीर्ष तहमा छलफल ढिलाइ हुने देखिएको छ।
कांग्रेस–माओवादीबीच ६ मन्त्रालयको भागबन्डा टुंगिएर मन्त्रीसमेत नियुक्त भइसकेका छन्। कांग्रेसले अर्थ, शिक्षा र श्रम मन्त्रालय लिइसकेको छ। त्यस्तै माओवादी केन्द्रले परराष्ट्र, गृह, लोकतान्त्रिक फोरमले संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय लिएका छन्। विनाविभागीयमन्त्रीको जिम्मेवारीमा रहेका माओवादी नेता प्रभु साहलाई सहरी विकासको जिम्मेवारी दिने तयारी भएको स्रोतको भनाइ छ।
सत्तागठबन्धन दुई दल कांग्रेस–माओवादीले विकासे मन्त्रालयमा आ–आफ्नो दाबी छाडेका छैनन्। भौतिक यातायात तथा पूर्वाधार मन्त्रालयमा दुवै पक्षको दाबी छ। कांग्रेसले सहरी विकास माओवादीलाई दिएर भौतिक यातायात तथा पूर्वाधार आफैँले राख्न चाहेको छ।
पर्यटन मन्त्रालय साना दललाई दिने वा कांग्रेस–माओवादीको भागबन्डामा मिलाउने भन्ने ठेगान पनि लागेको छैन। साना दलबाट पनि केही आकर्षक मन्त्रालय दाबी भएकाले पर्यटन अन्य दललाई दिने विषयमा दुई दलले छलफल गरिरहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed