Breaking News.... EverestOnlineKhabar
April 20, 2026

देउवा प्रधानमन्त्रीमा निर्वाचित भएलगत्तै अन्र्तराष्ट्रिय समुदायद्वारा शुभकामनाको ओइरो…..

Loading

काठमाडौ,२४ जेठ ।
प्रधानमन्त्री चुनिएको केही बेरमा नै शेरबहादुर देउवालाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले टेलिफोन गरि बधाई तथा शुभकामना ब्यक्त गरेका छन् । भारतीय प्रधानमन्त्री मोदीले टेलिफोन गर्दै उनलाई कार्यकालको शुभकामना दिंदै आउँदा दिनमा गर्नुपर्ने कार्यको सफलताको कामना गरेका उनका स्वकीय सचिव भानु देउवाका अनुसार प्रधानमन्त्री मोदीले यहाँको कार्यकालमा नेपाल भारत सम्वन्ध थप उचाईमा पुग्ने विश्वास ब्यक्त गरेका थिए ।
प्रधानमन्त्री मोदीले टेलिफोन गर्दै नेपाल भारत सम्वन्ध उनको यसअघिको अनुभव र आगामी निर्वाचन तथा अन्य अवस्थाको बारेमा समेत कुराकानी भएको थियो । नेपालमा प्रधानमन्त्री बन्नेवित्तिकै मोदीले यसरी टेलिफोन गर्ने गरेका छन् । भारतीय सुभेक्षा नेपाकलो विकास र सफलताको लागि सधै रहने भन्दै मुलुकको स्थायित्व र विकासको लागि उनलाई शुभकामना समेत ब्यक्त गरेका छन् ।
यस्तै,नेपालका लागि चिनिया राजदुतले पनि प्रधानमन्त्रीमा निर्वाचित भएलगत्तै देउवा निवाश बुढानिलकण्ठमा पुगेर प्रधानमन्त्री देउवालाई शुभकामना दिएका छन् ।
देउवालाई अन्य मुलुकबाट समेत विदेशी मित्रहरुले शुभकामना ब्यक्त गरिरहेका छन् । कतिपय राजदूतले पनि शुभकामना दिइरहेका छन् । उनी स्वयंलाई फोन सम्पर्क नहुँदा स्वकीय सचिव वा अन्य परिवार सदस्यलाई फोन गरेर शुभकामाना दिइरहेको पारिवारिक स्रोतले बतायो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed