Breaking News.... EverestOnlineKhabar
April 19, 2026

भरतपुर महानगरपालिका मतगणना विवादः निर्वाचन आयोगको यस्तो निर्देशन….

Loading

भरतपुर,१८ जेठ ।
निर्वाचन आयोगले चितवनको भरतपुर महानगरपालिकामा पुनः मतदान नगर्ने संकेत दिएको छ । भरतपुरको वडा नम्बर १९ को मतगणनाका क्रममा मतपत्र च्यातिएपछि विवाद भएको थियो । विवादपछि गठित छानबिन समितिले बुझाएको प्रतिवेदनपछि आयोगले गणनाको क्रममा रहेका मतपत्र मध्ये च्यातिई नोक्सान भएका मतपत्रको संख्या यकिन गरी प्रतिवेदन पठाउन मुख्य निर्वाचन अधिकृत, भरतपुर महानगरपालिका चितवनलाई लेखी पठाउने निर्णय गरेको छ ।
विवादपछि गठित समितिले बुधबार आयोगले आफ्नो प्रतिवेदन बुझाएको थियो । समितिको प्रतिवेदन बुझेपछि निर्वाचन अयोगले यस्तो निर्देशन दिएको हो । मतपत्र च्यातिएको घटनाको सम्बन्धमा मुख्य निर्वाचन अधिकृतको कार्यालय, चितवन तथा जिल्ला निर्वाचन कार्यालय चितवनको प्रतिवेदन तथा यस आयोगबाट खटिएको अनुगमन टोलीकोे प्रतिवेदन समेतको आधारमा उक्त घटनामा केही मतपत्र च्यातिएको भन्ने व्यहोरा उल्लेख भएको तर के कति संख्यामा मतपत्र च्यातिएको भन्ने यकिन उल्लेख नभएको आयोगले जनाएको छ ।
आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जारी गरेको विज्ञप्तीमा भनिएको छ ः‘गणना भएका तथा गणनाको क्रममा रहेका मतपत्रहरु जहाँ जे जस्तो अवस्थामा थिए सोही अवस्थामा नै एकै पोको पारी शिलबन्दी गरी राखिएको भन्ने उल्लेख भई आएको देखिँदा उक्त शिलबन्दी पोको पर्याप्त सुरक्षा व्यवस्था सहित सम्भव भएसम्म भरतपुर महानगरपालिकामा प्रमुख, उपप्रमुख र सम्बन्धित वडामा उम्मेदवारी दिएका उम्मेदवार वा निजका एक एक जना प्रतिनिधि, चितवन जिल्लाका प्रमुख जिल्ला अधिकारी एवं जिल्ला प्रहरी कार्यालयका प्रमुख समेतको रोहवरमा खोली गणनाको क्रममा रहेका मतपत्र मध्ये च्यातिई नोक्सान भएका मतपत्रको संख्या यकिन गरी प्रतिवेदन पठाउन मुख्य निर्वाचन अधिकृत, भरतपुर महानगरपालिका चितवनलाई लेखी पठाउने ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed