Breaking News.... EverestOnlineKhabar
April 19, 2026

नयाँ कर्मचारीलाई पेन्सन नदिईने…..

Loading

काठमाडौ,१६ जेठ ।
सरकारले आगामी साउन १ गतेपछि नियुक्त हुने निजामती, शिक्षक, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेनालगायत सरकारी कोषबाट पारिश्रमिक पाउने सबै कर्मचारीका लागि योगदानमा आधारित निवृत्तिभरण प्रणाली लागू गर्ने भएको छ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री कृष्णबाहदुर महराले सोमबार व्यवस्थापिका–संसदमा आव २०७४÷०७५ को बजेट प्रस्तुत् गर्दै सोसम्बन्धी कानुन संसदको यसै अधिवेशनमा पेस गरिने जानकारी दिए ।
संघीय संरचनामा सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन सक्षम हुने गरी निजामती सेवाको पुनःसंरचना गरिने उल्लेख छ । संघीय प्रदेश निजामती सेवा र स्थानीय सेवालाई मार्गदर्शन गर्ने गरी राष्ट्रिय निजामती सेवा नीति तर्जुमा गरिनेछ । सार्वजनिक सेवा प्राप्तिलाई जनताको अधिकारकारूपमा स्थापित गरिनेछ । भ्रष्टचारजन्य क्रियाकलापमा शून्य सहनशीलताको नीति अवलम्बन गरी राष्ट्रिय सदाचार पद्धतिको विकास गरिनेछ ।
सरकारी सवारी–साधनको दुरुपयोग रोक्नका लागि मर्मत खर्च घटाउन र अनधिकृत व्यक्तिले प्रयोग गर्ने प्रवृत्तिलाई निरुत्साहन गर्नका लागि निश्चित मापदन्ड तोक्न सवारी–साधनको उपयोग र हस्तान्तरणसम्बन्धी नीतिगत व्यवस्था गरिने बजेटमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed