Breaking News.... EverestOnlineKhabar
April 19, 2026

गल्फ सुपरस्टार टाइगर उड्स पक्राउ

Loading

एजेन्सी,१६ जेठ ।
गल्फ सुपरस्टार टाइगर उड्स पक्राउ परेका छन्। उनलाई अमेरिकाको फ्लोरिडास्थित जुपिटरका प्रहरीले अत्याधिक मदिरा र ड्रग्स सेवन गर्दै गाडी चलाएको आरोपमा पक्राउ गरेको हो।  सोमबार बिहान स्थानीय समयअनुसार बिहान ७ बजेर ४८ मिनेट जाँदा पक्राउ परेका १४ पल्टका मेजर गल्फ विजेता ४१ वर्षीय टाइगर उड्सको नाम पाम वीचस्थित काउन्टी जेलमा उनको नाम दर्ता गरिएको थियो।
उनलाई नीजि मुचुल्काकामा हस्ताक्षर गरेर १० बजेर ५० मिनेटमा छुट्न सफल भएका थिए। गत फेब्रुअरीमा टाढामा समस्या देखिएपछि उनले दुबई डेजर्ट क्लासिकबाट आफ्नो नाम फिर्ता लिएका थिए। त्यसपछि उनी गल्फ प्रतियोगितामा देखा परेका छैनन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed