Breaking News.... EverestOnlineKhabar
April 19, 2026

सरकारी सेना र विद्राहीबीचको भिडन्तमा २ हजार सर्वसाधारण फसे

Loading

एजेन्सी,१६ जेठ ।
फिलिपिन्सको दक्षिणी सहरमा सरकारी सुरक्षा बल र इस्लामिक स्टेट्स (आइएस) आतंककारी समूहबीच भएको भीषण भिडन्तको कारण दुई हजारभन्दा बढी सर्वसाधारण फसेको जनाइएको छ । सो सहरमा करिब एक हप्तादेखि आइएस आतंककारी र सुरक्षाबलबीच जारी भिडन्तको कारण महिला र बालबालिकासहित १९ व्यक्तिले ज्यान गुमाउनुको साथै दुई हजार भन्दाबढी सर्वासधारण त्यहाँबाट भाग्न नसकेर फसेर रहेका अधिकारीहरुले जानकारी दिएका छन् ।
गत मगंलबार राष्ट्रपति रोड्गि डुटेर्टेले मिन्दानाओ क्षेत्र र मरावी नगरमा संकटकालको घोषणा गर्दै त्यहाँ तुरुन्तै सैनिक कानुन लागू गरेको घोषणा गरेतापनि आइएस आतंककारीले द्वन्द्व जारी नै राखेका हुनाले सरकारी सुरक्षाबलले गरेको कारबाहीको क्रममा नै भिडन्त भएको जनाइएको छ ।
प्रायः मुसलमान समुदायको बाहुल्यता रहेको करिब दुई लाख जनसंख्या भएको यस मरावी सहरमा आइएस आतंककारी सडक अवरुद्ध गरी सरकारी बलसँग गरेको भिडन्तको कारण महिला बालबालिकासहित करिब दुई हजार जना त्यहाँ फसेको र उनीहरुले आफ्नो सुरक्षित अवतरणको लागि सहयोगको आह्वान गरेका प्रान्तीय द्वन्द्व व्यवस्थापन कमिटीका प्रवक्ता जिया एलोन्टो एडिओंगले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed