![]()
लुक्ला,१४ जेठ ।
शनिबार लुक्लामा दुर्घटना भएको गोमा एयरका सहचालक सुजन मानन्धरको पनि गए राति निधन भएको छ । लुक्लास्थित पासाङल्हामु निकोलनिकि अस्पतालमा उपचारको क्रममा राति ९ बजेर २५ मिनेटमा निधन भएको लुक्ला प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक यादवकुमार खड्काले बताए ।
घाइते परिचारिका प्रज्ञा महर्जनलाई भने उपचारको लागि आइतबार बिहान मनाङ एयरको हेलिकप्टरमार्फत ग्रान्डी अस्पताल राजधानी पठाइएको छ । चालक पारस राई र सहचालक सुजन मानन्धरको मृत शव बिहान ७ः३० बजे एयर डाइनेस्टीको हेलिकप्टरबाट राजधानी पठाएको प्रहरीले जनाएको छ ।


