Breaking News.... EverestOnlineKhabar
April 19, 2026

भारत–पाकिस्तान सीमा तनावप्रति अमेरिकाको चिन्ता

Loading

एजेन्सी,१२ जेठ ।
अमेरिकाको गुप्तचर निकायले पाकिस्तानले सीमा क्षेत्रमा गरेको आक्रमणको बदलामा भारतले पाकिस्तानमाथि आक्रामक कारबाही गर्न सक्ने चेतावनी दिएको छ । सिआइएका प्रमुखले अमेरिकी कंग्रेसमा परमाणु शक्ति सम्पन्न दुवै छिमेकी देशबीच सीमा क्षेत्रमा भैरहेको गोलाबारीले संघर्षको रुप लिनसक्ने चेतावनी दिएको बिबिसीले जनाएको छ । सिआइए प्रमुखले अमेरिकी सिनेटको सशस्त्र सेवा समितिको बैठकमा भारत र पाकिस्तानबीच बढ्दो सुरक्षा तनावबारे जानकारी गराएका हुन् ।
गएको वर्ष भारतमा भएको दुई चरमपन्थी आक्रमणपछि तनावपूर्ण बनेको सम्बन्ध यो वर्ष विग्रन सक्ने भन्दै उनले चिन्ता व्यक्त गरेका हुन् ।
विशेष गरी भारतमा कुनै प्रकारको आतंकवादी आक्रमण भए यो अवस्था झनै बिग्रन सक्ने सिआइएको ठहर छ । भारतले आफ्नो भूमिमा हुँदै आएको चरमपन्थी हमलाको योजना पाकिस्तानमा बन्दै आएको आरोप लगाउँदै आएको छ । यदि सीमा क्षेत्रमा भैरहेको हमला कम भएमा साथै पठानकोट आक्रमणबारे अनुसन्धानमा प्रगति भएमा भने यहि वर्ष दुवै देशबीच वार्ता सुरु हुन सक्ने पनि आँकलन गरिएको छ । पछिल्लो केही समयता भारत र पाकिस्तान दुवैले एक अर्कालाई सीमा क्षेत्रमा संषर्घविरामको उल्लंघन गरिरहेको आरोप लगाउँदै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed