Breaking News.... EverestOnlineKhabar
April 21, 2026

भरतपुरमा महानगरपालिकाः रेणु दाहालले घटाइन् मतअन्तर

Loading

भरतपुर,जेठ ।
भरतपुर महानगरपालिकाका ६ वटा वडाको मतगणना शुक्रबार बिहानसम्म सकिएको छ। परिणाम घोषणा भएका ६ मध्ये काँग्रेस–एमाले ३–३ वटामा विजयी भएका छन्। काँग्रेस १, ३ र ६ नम्बर वडामा विजयी भएको छ। एमाले २, ४ र ५ वडामा विजयी भएको छ । शुक्रबार बिहानसम्म करिब २५ हजार मतगणना सम्पन्न हुँदा प्रधानमन्त्री पुत्री रेणु दाहालले एमाले उम्मेदवारसँगको मतअन्तर घटाएकी छिन्। बिहीबार दिनभरि नै झन्डै २ हजार मतले पछि परेकी उनी शुक्रबार बिहान मात्र ४४२ मतले एमाले उम्मेदवार देवी ज्ञवालीभन्दा पछाडि छिन्।
शुक्रबार बिहानसम्म करिब २५ हजार मतगणना सम्पन्न हुँदा प्रधानमन्त्री पुत्री रेणु दाहालले एमाले उम्मेदवारसँगको मतअन्तर घटाएकी हुन् ।
पछिल्लो परिणामअनुसार एमालेका मेयर प्रत्यासी ज्ञवाली ११ हजार ५८४ मत पाएर अग्रता लिइरहेका छन्। काँग्रेस समर्थित माओवादी उम्मेदवार दाहालले ११ हजार १४२ मत पाएर एमालेका ज्ञवालीलाई पछ्‌याइरहेकी छिन्।
उपमेयरमा काँग्रेसकी पार्वती शाहले मतअन्तर अझ बढाएकी छिन्। शाहले १२९७६ का साथ अग्रता लिइरहेकी हुन्। एमालेकी दिव्य शर्माले ९८५६ मत पाएकी छिन्। भरतपुर महानगरपालिकामा सत्तारुढ काँग्रेस र माओवादीको तालमेल छ।
तालमेलपछि चितवन काँग्रेसमा देखिएको सुरुवाती असन्तोषले मत परिणाममा असर पार्छ कि पार्दैन भनेर भरतपुरको मत परिणाम प्रति धेरैको चासो छ। ६ वटा वडाको गणना सकिँदा काँग्रेस–एमाले बराबरी संख्यामा वडाअध्यक्ष जित्दै अघि बढिरहेका छन्। भरतपुर महानगरपालिकामा २९ वटा वडाहरु रहेका छन्। कुल एक लाख १२ हजार मत खसेको छ। काँग्रेस माओवादी गठबन्धनबाट भरतपुरमा मेयर पदमा उठेकी माओवादी उम्मेद्वार रेणु दाहाल प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहालकी छोरी हुन्। काँग्रेस र माओवादीबीच केन्द्रीय तहमा तालमेल भएर मेयर पदका काँग्रेस उम्मेद्वारको उम्मेद्वारी पनि केन्द्रबाट आएकै पत्रका आधारमा फिर्ता भएको थियो।
भरतपुरमा तुलनात्मक रुपमा बलियो मानिएको काँग्रेसले मेयर पद नै फिर्ता गर्नु परेपछि जिल्लामा कार्यकर्ताहरु निकै आक्रोशितसमेत भएका थिए। पछि जिल्ला तहका नेताहरुले संयुक्त कार्यक्रम गरेर मतदाताको मन जित्ने प्रयास गरेका थिए। माओवादी अध्यक्ष दाहाल र काँग्रेस सभापछि शेरबहादुर देउवाले भरतपुरमा संयुक्त रुपमा अन्तिम चुनावी सभालाई सम्बोधन गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed