Breaking News.... EverestOnlineKhabar
April 30, 2026

क्रिस गेल टि–२० मा १० हजार रन पुरा गर्ने पहिलो ब्याट्सम्यान बन्दै

Loading

एजेन्सी,२२ चैत ।
बुधबारदेखि सुरु हुने इन्डियन प्रिमियर लिग(आइपिएल) को १० औं संस्करणमा एक क्रिकेट खेलाडी माथि सबै समर्थकको आँखा हुनेछ। ती खेलाडी हुन्, वेष्ट इन्डिजका बिस्फोटक ब्याट्सम्यान क्रिस गेल। गेल टि–२० भर्सनको क्रिकेटमा यसपालि विश्व कीर्तिमान बनाउने योजनामा छन्। उनी यो फरम्याट १० हजार रन पुरा गर्ने पहिलो ब्याट्सम्यान बन्दैछन्।
गेललाई टि–२० मा १० हजार रन पुरा गर्न मात्र ६३ रन आवश्यक छ। गेलले हालसम्म २ सय ८६ टि–२० खेलेका छन्। जसमा सबैभन्दा बढि १८ सतक र ६० अर्धसतक बनाएका छन्।
उनले टि–२० मा ७ सय ३२ छक्का र ७ सय ५९ चौका प्रहार गरेका छन्। उनको नाममा हाल टि–२० मा ९ हजार ९ सय ३७ रन छ। जुन उनले १ सय ४९ दशमलव ५६ को स्ट्राइक रेटले रन बनाएका छन्।
‘यो उपलब्धी चुम्नु मेरो लागि अद्भूत अनुभव हुनेछ। यहाँसम्म आइपुग्नु चानचुने कुरा होइनँ’ गेलले भने । टेस्ट क्रिकेटमा हालसम्म १२ जनाले १० हजारभन्दा बढि रन बनाएका छन्। त्यस्तै एकदिवसीयमा पनि ११ जनाको नाममा १० हजार रन पुरा गर्ने कीर्तिमान छ। तर, टि–२० मा हालसम्म कसैले १० हजार रन पुरा गरेका छैनन्। गेल टि–२० मा पहिलो १० हजार रन पुरा गर्ने ब्याट्सम्यान बन्दैछन्।
‘पहिले मैले यो विषयमा सोचेको पनि थिइनँ। तर, जब यो फरम्याटलाई बुझेँ, त्यसपछि विस्तारै यसतर्फ लागेँ,’ उनले भने। ३७ वर्षीय गेलले वेष्ट इन्डिजबाट १ सय ३ टेस्ट खेल्ने क्रममा ७ हजार २ सय १५ रन बनाएका छन्। उनले २ सय ६९ एकदिवसीयमा ९ हजार २ सय २१ रन पुरा गरेका छन्। उनी २०११ देखि लगातार रोयल च्यालेञ्जर्स बेङ्लोरबाट खेल्दै आइरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed