Breaking News.... EverestOnlineKhabar
July 28, 2026

सुनसरी घटनाको राँको सिरहामा: प्रधानमन्त्रीको राजीनामा माग्दै पूर्व-पश्चिम राजमार्ग ठप्प

Loading

सिरहामा पूर्व-पश्चिम राजमार्ग ठप्प: बालेन शाहको राजीनामा माग्दै गोलबजारमा प्रदर्शन

१२ साउन, सिरहा।

सुनसरीको देवानगञ्ज गाउँपालिका-३, कप्तानगञ्जमा प्रहरीको गोली लागेर एक युवकको मृत्यु भएको घटनालाई लिएर सिरहाको गोलबजारमा विरोध प्रदर्शन भएको छ। घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै स्थानीयहरूले सिरहाको गोलबजार नगरपालिका–८ स्थित पुरानो चोक चोहर्वामा पूर्व-पश्चिम राजमार्ग अवरुद्ध पारेका हुन्।

प्रदर्शनकारीहरूले ‘प्रहरी दमन बन्द गर’, ‘गोली चलाउनेमाथि कडा कारबाही गर’ जस्ता नारा लगाउँदै सडकमा उत्रिएका थिए। प्रदर्शनका क्रममा आक्रोशित स्थानीयले सरकारले नै निर्दोष युवाको हत्या गरेको आरोप लगाउँदै प्रधानमन्त्री बालेन शाहको राजीनामाको समेत माग गरेका छन्।

राजमार्ग ठप्प भएपछि पूर्व-पश्चिम चल्ने सवारी साधनहरू चोहर्वा क्षेत्रमा रोकिएका छन् भने यात्रुहरू मारमा परेका छन्। स्थानीय प्रशासनले भने स्थिति सामान्य बनाउन र अवरुद्ध राजमार्ग खोल्न प्रयास गरिरहेको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed