Breaking News.... EverestOnlineKhabar
July 28, 2026

पत्रकार वीरेन्द्र साहका हत्यारा १२ वर्षपछि पक्राउ

Loading

फागुन २५, बारा । १२ वर्ष अगाडि पत्रकार वीरेन्द्र शाहका हत्यामा संलग्न रहेका मुख्य आरोपी कुन्दन फौजदारलाई बारा प्रहरीले पक्राउ गरेको छ । एभिन्यूज टीभीमा कार्यरत साहको २०६४ साल असोज १८ गते पिपरा बजारबाट अपहरण गरी टाँगिया वस्तीको जंगलमा हत्या गरिएको थियो । सो हत्या तात्कालिन समयमा शान्ति सम्झौतामा आइसकेको नेकपा(माओवादी)ले गरेको थियो । शाह हत्या आरोपमा जन्मकैदको सजया सुनाइएका २५ वर्षिय फैजदारलाई शनिबार राति २ बजेतीर नियन्त्रणमा लिइएको हो । नियन्त्रणमा लिने क्रममा प्रहरीले चार राउण्ड हवाई फायरसमेत गर्नु परेको बारा जिल्लाका प्रहरी प्रमुख एसपी कृष्ण पंगेनीले बताए । हत्यामा संलग्न अन्य दुई जना अझै फरार छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed