![]()
२०७६ फागुन २२, सर्लाही । सार्लहीमा लागूऔषध सहित एक पक्राउ परेका छन् । मलंगवा नगरपालिका–४ स्थित सडकबाट कोडैना गाउँपालिका–४ बस्ने २५ वर्षीय शसिभुषण पटेललाई प्रहरीले पक्राउ गरेको हो । उनको साथबाट नियन्त्रित लागूऔषध डाइजेल्याब १ सय एम्पुल, नुर्फिन १ सय एम्पुल र फेनरागन १ सय एम्पुल बरामद भएको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरीले काठमाडौंतर्फ जाँदै गरेको प्रदेश २ ना ५ ख ४०७३ नम्बरको बस जाँच गर्दा बसमा सवार पटेललाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।


