Breaking News.... EverestOnlineKhabar
July 28, 2026

Loading

मेनुका भण्डारी

२०७६ पुस २९, काठमाडौं । काठमाडौंमा एनसेलका दुईवटा टावरमा आगजनी भएको छ । काठमाडौंको दक्षिणकाली नगरपालिका–८ छैमले र तारकेश्वर नगरपालिकाको जितपुरफेदीमा रहेको एनसेल टावरमा सोमबार राति आगजनी भएको हो । आगजनीको अहिलेसम्म कसैले जिम्मा लिएको छैन । यद्यपि यसमा नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको संलग्नता रहेको अनुमान छ । राज्यलाई कर नतिरेको भन्दै विप्लव समूहले एनसेललाई निशाना बनाउँदै आएको छ । गत वर्ष फागुनमा विप्लव समूहले भैंसेपाटीको एनसेल मुख्यालयमा बम विष्फोट गराउँदा एक जनाको मृत्यु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed