![]()
२०७६ पुस २३, काठमाडौँ – नेपाली बजारमा सुनको मूल्य बढेर फेरि नयाँ रेकर्ड कायम भएको छ । बुधबार एकै दिन सुनको मूल्य तोलामा एक हजारले बढेको छ । नेपाली बजारमा आज (बुधबार) सुनको मूल्य तोलामा ७६ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो मूल्य अहिलेसम्मकै महँगो हो ।


