Breaking News.... EverestOnlineKhabar
May 2, 2026

रियाद मेहरेज लिसेस्टर छाड्ने….?

Loading

एजेन्सी,१८ जेठ ।
लिसेस्टर सिटीका स्ट्राइकस रियाद मेहरेजले क्लव छाड्न चाहेको घोषणा गरेका छन् । फ्रान्सेली क्लव ले हाब्रेबाट सन् २०१४ मा ४ लाख पाउण्डमा लिसेस्टर आएका उनी गत सिजन क्लवले प्रिमियर लिगको उपाधि जितेलगत्तै छाड्ने मुडमा थिए । तर क्लव प्रशासनले गरेको बिशेष अनुरोध स्वीकार्दै उनी एक सिजनका लागि क्लवमा बसेका थिए ।
तर मेहरेजले आफ्नो बिज्ञप्तिमा भनेका छन् कि उनी निक्कै महत्वाकांक्षी छन् र क्लवलाई आफूले यस सिजनदेखि छाड्न लागेको सूचित गरिसकेका छन् । प्रोफेसनल प्लेयर अफ द इयर २०१६ को उपाधि जितेका मेहरेजले यस सिजन लिसेस्टरका लागि ४८ खेल खेले । क्लवले कमजोर प्रदर्शन गर्दै लिगमा १२औं स्थान र च्याम्पियन्स लिगको क्वार्टरफाइनलसम्म पुग्दा मेहरेजको योगदान १० गोल र ७ असिस्ट हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed