Breaking News.... EverestOnlineKhabar
June 18, 2026

काबुलमा शक्तिशाली विस्फोटमा मृत्यु हुनेको संख्या ८० नाघ्यो,३५० बढी घाइते

Loading

काबुल,१८ जेठ ।
अफगानिस्तानको राजधानी काबुलस्थित कूटनीतिक क्षेत्रमा मंगलबार गराइएको शक्तिशाली विस्फोटमा परी कम्तीमा ८० जनाको मृत्यु भएको छ । मारिनेमा अधिकांश सर्वसाधारण छन् । विस्फोटमा परी ३५० भन्दा बढी घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्नसक्ने अनुमान गरिएको छ ।
जर्मनीको दूतावास रहेको जानबाक स्क्वायरनजिक सवारी–साधनमा बम राखी विस्फोट गराइएको थियो । राष्ट्रपतिको कार्यालय र विदेशी दूतावासनजिक यो विस्फोट गराइएको हो । विस्फोटका कारण फ्रान्सको दूतावासमासमेत क्षति पुगेको छ । भवनहरुमा क्षति पुगेको छ भने धेरै सवारी–साधनसमेत जलेका छन् ।
विस्फोटको जिम्मेवारी कसैले लिएको छैन । पछिल्लो समय अफगानिस्तानको कमजोर सुरक्षा व्यवस्थालाई लिएर व्यापक आलोचना भइरहेको छ । इस्लामिक अतिवादी समूह‘आइएस’ले आक्रमण र विस्फोटका घटना तीव्र पारिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.