Breaking News.... EverestOnlineKhabar
July 16, 2026

रियल मड्रिडलाई कीर्तिमान बनाउने मौका….

Loading

म्याड्रिड,१८ जेठ ।
च्याम्पियन्स लिग फुटबलको फाइनल आउँदो शनिबार वेल्सको कार्डिफमा हुँदैछ । फाइनलमा घरेलु लिगको उपाधि जितेका रियल मड्रिड र युभेन्टस प्रतिस्पर्धा गर्दैछन् । रियल मड्रिडले स्पेनिस ला लिगा तथा युभेन्टसले इटालियन सिरी ए को उपाधि जितेको हो ।
दुवै क्लब घरेलु र युरोपियन च्याम्पियन बन्ने लक्ष्यमा छन् । रियल मड्रिडलाई यो सिजन ला लिागको उपाधि दिलाउन र च्याम्पियन्स लिगको फाइनलमा पुर्‍याउने क्रिष्टियानो रोनाल्डोको महत्वपूर्ण भूमिका छ । फाइनल अघि रोनाल्डोले युइएफए डट कमसँगको कुराकानीको क्रममा युभेन्टस निकै कडा प्रतिद्वन्द्वी रहेको बताएका छन् ।
युभेन्टस उत्कृष्ट टिम रहेको र उ मौकाले नभएर क्षमताले फाइनलमा आएको रोनाल्डोले बताए । च्याम्पियन्स लिगको रुपमा प्रतियोगिता हुन लागेपछि अहिलेसम्म कुनै पनि टिमले लगातार दुई सिजन उपाधि जित्न सकेका छैनन् । रियल मड्रिडलाई यो वर्ष पनि उपाधि जितेर कीर्तिमान बनाउने मौका छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed