Breaking News.... EverestOnlineKhabar
April 30, 2026

जनताको भावनालाई सरकारले अटाउन सकेन: प्रवक्ता विश्वप्रकास शर्मा

Loading

घोराही :  नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकास शर्माले सरकारले दुई तिहाइको दम्भ देखाएको आरोप लगाएका छन्। नेपाल प्रेस युनियन दाङले मंगलबार घोराहीमा गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै प्रवक्ता शर्माले सरकार जनताको भावनाविपरीत चलेको बताए।

‘सरकारले जनताको दुई तिहाई बहुमत पाएको छ। तर काम एक तिहाई पनि गर्न सकेको छैन्। कसैका कुरा नसुनेर सरकार अघि बढ्दा आफैँलाई घाटा भएको छ’, उनले भने, ‘जनताको भावनालाई सरकारले अटाउन सकेन भने आफैँ खतरामा हुन्छ।’

उनले सरकार डा. गोविन्द केसीको मागलाई सम्बोधन गर्नुपर्ने बताएका छन्। न्याय माग्न सरकारसम्म जो नागरिक पुगेपनि सरकारले उसका मागलाई सम्बोधन सक्नुपर्ने उनको भनाइ छ।

एक अर्को प्रसंगमा बोल्दै प्रवक्ता शर्माले प्रदेश राजधानी भौगोलिक र जनतालाई सहज हुने गरी हुनुपर्ने बताए। ‘प्रदेशको राजधानीको विषय प्रदेश सभाको अधिकार हो’, उनले भने

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed