Breaking News.... EverestOnlineKhabar
May 1, 2026

प्रहरीले सुन भनेरै बरामद गरेको हो, तर राजस्वले सुन होइन भन्यो।

Loading

१९ पुसमा प्रहरीले धादिङको गजुरीबाट चार किलो सुनसहित तीन व्यक्तिलाई पक्राउ गरेको भन्दै पत्रकार सम्मेलन गरेको थियो । प्रदेश ३ प्रहरी कार्यालय हेटौँडा र इलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको टोलीले बरामद गरेको सुनसहित तीन आरोपीलाई सार्वजनिक गरेको थियो । प्रहरीले यसरी बरामद गरेको सुन राजस्व अनुसन्धान विभागमा तत्कालै दाखिला गर्नुपर्छ । तर, राजस्व अनुसन्धान विभाग भन्दै छ, ‘धादिङमा बरामद भएको भन्दै प्रहरीले बुझाएको सुन होइन, तामा र ढलौट मिसिएको धातु हो ।’

इलाका प्रहरी कार्यालय गजुरीका इन्स्पेक्टर नवराज ढुंगेल सुन नै बरामद गरेको विश्वासमा सञ्चारमाध्यममा सूचना दिएको बताउँछन् । बरामद भएको सुन नै नक्कली हुन सक्ने अथवा बरामद भएपछि राजस्व अनुसन्धानसम्म पुर्‍याउँदा साटिएको हुन सक्ने दुवै सम्भावना छन् । विभागका महानिर्देशक दीर्घराज मैनाली यस्तो मामिला विभागमा पहिलोपटक आएको बताउँछन् । ‘हामी त छक्कै पर्‍र्यौँ,’ उनले भने ।

राजस्व अनुसन्धान विभागले सुनचाँदी, रत्न तथा आभूषण महासंघको सहयोगमा परीक्षण गराउँदा तामा र ढलौट मिसिएको धातु भएको पुष्टि भयो । अनुसन्धान विभागले सो धातु स्वामित्वमा लिन मानेन । बरामद भएको धातुसहित सबै अभियुक्तलाई विभागले धादिङ प्रहरीमै फिर्ता पठाइदिएको छ ।

‘प्रयोगशाला परीक्षणका क्रममा उक्त धातु सुन नभएको पुष्टि भयो,’ राजस्व अनुसन्धान विभागका महानिर्देशक दीर्घराज मैनालीले भने । महासंघका अध्यक्ष रमेश महर्जनले पनि उक्त धातु सुन नभएको बताए । परीक्षणमा संलग्न महासंघकै सदस्य मीनबहादुर तामाङले सरसर्ती हेर्दा सुनजस्तो देखिए पनि काटेर परीक्षण गर्दा तामा र ढलोट पाइएको बताए ।

परीक्षणका क्रममा सुन भनिएको धातुको बिस्कुटको तौल पनि असमान भेटिएको छ । ‘हामीले तौल जोख्दा क्रमशः ९९२, ७७२, ६६५ र ६६८ ग्राम पाइयो,’ महासंघका कार्यकारी सदस्य तामाङले भने, ‘सामान्यतया सुनको बिस्कुट हजार ग्राम तौलको हुन्छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed