![]()
BBC अमेरिकी स्पेस एजेन्सीको अभियान ‘न्यु हराइजन्स’ ले सौर्यमण्डलको बाहिरी भागमा अवस्थित अल्टिमा टुली नामक पिण्डको नजिक पुगेर पृथ्वीसँग सम्पर्क गरेको छ ।
‘स्पेसक्राफ्टबाट सम्पर्क हुँदाको समयमा पृथ्वीबाट ६.५ अर्ब किलोमिटरको दूरीमा थियो । यो अभियान सौर्यमण्डलमा सबैभन्दा टाढा चलाइएको सफल अभियान बन्न पुगेको छ । ‘न्यु हराइजन्स’ नामक ‘रोबाटिक स्पेसक्राफ्ट’ ले अल्टिमा टुली नजिकै पुगेर पिण्डको कयौं तस्बिर कैद गर्नुका साथै अहम् जानकारी पनि संकलन गरेको बताइएको छ ।
अन्तरिक्ष यानले तस्बिर र जानकारीहरु अगामी केही महिनासम्म लगातार पृथ्वीमा पठाउने छ । अन्तरिक्ष यानाट पठाइएको रेडियो सन्देश स्पेनको मड्रिडमा लगाइएको नासाको ठूलो एन्टेनाले प्राप्त गरेको छ । ति सन्देशहरुलाई पृथ्वी र अल्टिमाबीचको दूरी तय गर्न ६ घण्टा ८ मिनेटको समय लागेको नासाले जनाएको छ ।


