Breaking News.... EverestOnlineKhabar
April 30, 2026

Loading

काठमाडौं । नेपाल पुलिस क्लबले  ‘ए’ डिभिजन लिगमा ब्रिगेड व्वाइज क्लब (बीबीसी) सँग अंक बाँडेको छ । सातदोबाटोस्थित एन्फा मैदानमा भएको खेलको ७५ औं मिनेटमा अभिषेकले गोल गरेपछि पुलिसले बीबीसीसँग १—१ गोलको बराबरी खेलेको हो ।

त्यसअघि, खेलको ५ औं मिनेटमै बीबीसीका रितीक खड्काले गोल गर्दै टिमलाई सुरुआती अग्रता दिलाएका थिए भने सुरुदेखि नै पछि परेको पुलिसले गोल फर्काउने प्रयास गरेपनि पहिलो हाफसम्म एक गोलले पछाडि रह्यो ।

पुलिसका लागि हेम तामाङले राम्रो प्रर्दशन गरे । दिनेश राजवंशीको क्रसलार्इ अभिषेक रिजालले सदुपयोग गर्दै गोल गरेपछि पुलिसले खेल बराबरी गर्न सकेको हो ।

राम्रो प्रदर्शन गरेका हेम तामाङ म्यान अफ दि म्याच घोषित भए । अंक बाँडेको पुलिस १५ अंकसहित ५ औं स्थानमा यथावत् रहेको छ भने बीबीसी क्लबको ५ अंक भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed