![]()
बीबीसी ।बेल्जियमका प्रधानमन्त्री चाल्र्स मिचेलले आप्रवासी सम्बन्धी संयुक्त राष्ट्रसंघसँगको सहमतिका कारण पदबाट राजीनामा दिएका छन । सहमति प्रति असन्तुष्टि जनाउँदै गठबन्धन पार्टी सरकारबाट बाहिरिएपछि मिचेल अल्पमतमा परेका थिए ।
गतसाता संयुक्त राष्ट्रसंघको आप्रवासी नीतिमा हस्ताक्षरपछि राजधानी ब्रसेल्समा प्रदर्शन भएको थियो । मिचेलले राजा फिलिप सामु राजिनामा दिने घोषणा गरेका हुन । राजा फिलिपले भने राजिनामा स्वीकृत गर्ने–नगर्ने स्पष्ट छैन ।
सन् २०१४ मा ३८ वर्षको उमेरमा प्रधानमन्त्री बनेका मिचेलले अल्पमतमा परेको सरकारमा बहुमत जुटाउन नसकेपछि राजिनामा दिनुभएको हो ।


