Breaking News.... EverestOnlineKhabar
April 30, 2026

परराष्ट्र मन्त्री ज्ञवाली र अमेरिकी बिदेश मन्त्री पोम्पियोबीच भेटवार्ता, सम्बन्ध अझै प्रगाढ बनाउने सहमति

Loading

एजेन्सी । नेपाल र  अमेरिका  सात दशक लामो सहकार्य तथा साझेदारीलाई अझ फराकिलो र घनिष्ठ बनाउन सहमत भएका छन् । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र अमेरिकी समकक्षी माइकल रिचार्ड पम्पेओबीच भएको भेटवार्तामा दुवै पक्ष सम्बन्धलाई अझ फराकिलो र घनिष्ठ बनाउन सहमत भएका हुन् ।

दुई विदेशमन्त्रीबीच  वासिङ्गटन डिसीस्थित अमेरिकी विदेश मन्त्रालयमा भेटवार्ता भएको थियो । डिसीस्थित नेपाली दूतावासले जारी गरेको विज्ञप्ति अनुसार भेटवार्ताका क्रममा द्विपक्षीय सम्बन्ध तथा सहकार्यका विविध आयामहरूमा छलफल भएको थियो। परराष्ट्रमन्त्री ज्ञवालीले नेपाल सरकारका प्राथमिकताहरू माथि प्रकाश पारेका थिए।
बैठकमा नेपाल सरकारका विकास प्राथमिकता, द्विपक्षीय सम्झौताको कार्यान्वयन, मिलेनियम च्यालेन्ज कर्पोरेसन कम्प्याक्ट परियोजनाको प्रगति, नेपालको शान्ति प्रक्रिया, विकास सहायता, व्यापार, लगानीका साथै क्षेत्रीय तथा अन्तर्राष्ट्रिय चासोका विषयहरूमा छलफल भएको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed