![]()
बीबीसी । दिल्लीको उच्च अदालतले कांग्रेस नेता सज्जन कुमारलाई १९८४ को सिख दंगा मामलामा दोषी ठहर गरेको छ । ३४ वर्षपछि आएको यो फैसलामा अदालतले सज्जन कुमारलाई जन्मकैदको सजाय सुनाएको छ । साथै सज्जन कुमारलाई पाँच लाख रुपैयाँको जरीमाना पनि सुनाएको छ ।
उनलाई आपराधिक षडयन्त्र रचेको, हिंसा गरेको र दंगा भड्काएको आरोपमा दोषी ठहर गरिएको छ । अदालतले सज्जन कुमारलाई ३१ डिसेम्बरभित्र आत्मसमर्पण गर्न भनेको छ ।


