Breaking News.... EverestOnlineKhabar
May 1, 2026

राष्ट्रपतिले विवादित संस्था युपीएफकी ‘मदर’ लाई भेटेको खुलासा

Loading

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विवादित संस्था युनिभर्सल पिस फेडेरेशन (यूपीएफ) ले हालै काठमाडौंमा गरेको एसिया प्यासिफिक समिटमा आएकी ‘सच्चा माता’ हाक जा हान मुनसँग भेट गरेको खुलेको छ । सम्मेलनपछि युपीएफले आफ्नो टेलिभिजन च्यानल पिस टीभीमा बनाएको रिपोर्टमा राष्ट्रपति भण्डारीले हाकसँग भेटेको उल्लेख गरिएको हो ।

रिपोर्टमा भनिएको छ, ‘नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीले सच्चा मातालाई राष्ट्रपति निवासमा निम्त्याउनु्भयो र उहाँहरुले महिलाको भूमिका र सभ्यताका बारेमा छलफल गर्नुभयो ।’ उक्त भिडियोमा हाकसँग आएका टोली र नेपाली सरकारीअधिकारीहरु सहभागी भएका देखिन्छन् ।

एउटा विवादित धार्मिक संस्थाले आयोजना गरेको कार्यक्रममा नेपाल सरकार सहआयोजक बनेको भन्दै विवाद भएपछि उक्त संस्थाले सरकारलाई सहयोगीमात्रै भनेको थियो । सम्मेलनका बेला राष्ट्रपतिको यो भेटलाई गोप्य राखिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed