Breaking News.... EverestOnlineKhabar
May 1, 2026

इपीएल : ललितपुरको दोस्रो जित, पोखराको दोस्रो हार

Loading

काठमाडौँ ।  ललितपुर प्याट्रिओट्सले एभरेष्ट प्रिमियर लिग (इपीएल)मा लगातार दोस्रो जित हात पारेको छ। ललितपुरले पोखरा राइनोजलाई ८ विकेटले पराजित गरेको हो। ओपनिङ ब्याटिङ गरेका भारतीय खेलाडी तोमरले ८२ रन बनाएपछि ललितपुरले पोखराले दिएको १६७ रनको लक्ष्य १५.५ ओभरमा २ विकेट गुमाएर पुरा गरेको हो।

कीर्तिपुरस्थित टीयू मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको पोखराले रिचर्ड लेभीको आक्रमक ब्याटिङ मद्दतमा २० ओभरमा ४ विकेट गुमाएर १६६ रन बनाएको थियो। लेभीले लगातार दोस्रो खेलमा अर्धशतक बनाएपनि पोखरालाई जितको लागि पर्याप्त भएन। पोखराको भने यो लगातार दोस्रो हार हो।

उद्घाटन खेलमै विराटनगर वरियर्ससँग पराजित भएको ज्ञानेन्द्र मल्लको ललितपुरले आफ्नो दोस्रो लमा चितवन टाइगर्सलाई ११ रनले पराजित गरेको थियो।

तोमरले अर्का भारतीय खेलाडी जयकिसन कोल्सावालासँग पहिलो विकेटका लागि शतकिय साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए। तोमर र कोल्सावाले पहिलो विकेटका लागि १२९ रनको साझेदारी गरे। तोमरले ४१ बल खेल्दै ४ चौका र ८ छक्काको मद्दतमा ८२ रन बनाए। कोल्सावालाले ५१ रन बनाए। ३८ बल खेलेका उनले ४ चौका र ३ छक्का प्रहार गरे। यस्तै सन्नी पटलले ८ बलमा नटआउट २० रन बनाए। उनले १६औँ ओभरको पाँचौ बलमा चौका प्रहार गर्दै खेल जिताए।

त्यसअघि पोखरालाई लेभीले कप्तान कायल कोत्जरसँग पहिलो विकेटका लागि ९७ रनको साझेदारी गर्दै गतिलो सुरुवात दिलाएका थिए। लेभीले ३९ बल खेल्दै ३ चौका र ९ छक्काको मद्दतमा ८४ रन बनाए। कोत्जरले १९ रन बनाए। यस्तै विनोद भण्डारीले २३ बल खेल्दै ३ चौका र १ छक्काको मद्दतमा नटआउट ३४ रन जोडे। बलिङमा ललितपुरका पवन सराफले ४ ओभरमा ३१ रन खर्चेर ३ विकेट लिए।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed