![]()
बीबीसी । हिन्दूहरूका आस्थाका धरोहर भगवान् रामको जन्मस्थल अयोध्या सहरमा विशाल मन्दिर निर्माणको माग गर्दै आएका रामभक्त हिन्दूहरूले राजधानी नयाँ दिल्लीमा दशौँ हजारको सङ्ख्यामा प्रदर्शन गरेका छन् । कडा सुरक्षाबीच भएको प्रदर्शनमा देशका विभिन्न स्थानबाट दिल्ली पुगेका नागरिकहरूको सहभागिता रहेको थियो ।
केसरी रङको पहिरनमा प्रदर्शनमा सहभागी रामभक्त हिन्दूहरूले प्रधानमन्त्री नरेन्द्र मोदीले मन्दिर निर्माणका लागि अनुमति नदिँदासम्म उनलाई आवतजावतमा समेत अवरोध गर्ने भनाइ प्रदर्शनका सहभागीहरूले बताए । रामभक्त भारतीय भएको बताउने एक सहभागीले भने, ‘हामीले मन्दिर बनाउने प्रतिवद्धता प्रधानमन्त्रीबाट नआएसम्म दिल्लीका सडकमा प्रदर्शन गरिरहन तयार छौँ ।’
प्रधानमन्त्रीका समर्थक रहेका केहीले प्रदर्शनकारीले भने, ‘हिन्दूवादी नेता भएर पनि रामको जन्मभूमि मानिएको अयोध्या सहरको भूमिमा मन्दिर बनाउन प्रधानमन्त्रीले ध्यान नदिएको भनी प्रधानमन्त्री मोदीप्रति आक्रोश व्यक्त गरेका थिए ।’


