![]()
काठमाडौं। पूर्व प्रधानमन्त्री एवम नेकपा वरिष्ठ नेता झलनाथ खनालसहित शीर्ष चार नेताहरुले पार्टीको केन्द्रीय सचिवालय बैठक बहिष्कार गरेका छन । शनिबार बस्ने भनिएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक खनालसहित चार नेताले बहिस्कार गरेका हुन ।
दिउँसो ३ बजेको लागि बैठक बोलाइएको थियो।
निर्धारित समयमा बैठक बस्नका लागि पुगे पनि प्रधानमन्त्री नआएपछि आफूहरुले अपमानित महसुस गरेर बैठक छाडेर निस्किएको नेता खनालले बताए। सचिवालयका सदस्यहरु माधवकुमार नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ र बामदेब गौतम बाहिरिएको खनालले बताए।
शुक्रबारको बैठक पनि प्रधानमन्त्रीको व्यस्ततका कारण शनिबारको लागि सारिएको थियो। समयमा बैठकमा सुरु नहुने गरेका कारण प्रवक्ता नारायणकाजी श्रेष्ठले यसअघि पनि आपत्ति जनाएका थिए। त्यसपछि समयमै बैठक बस्ने समझदारी भएको थियो।


