Breaking News.... EverestOnlineKhabar
April 30, 2026

Loading

काठमाडौं । ‘वर्ल्ड रग्बी ट्रफी टुर’अन्तर्गत नेपाल ल्याइएको रग्बी विश्वकप ट्रफी टुँडिखेलमा सार्वजनिक गरिएको छ। नेपाल रग्बी सङ्घले आयोजना गरेको कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुनले उक्त ट्रफी सार्वजनिक गरेका हुन्। विश्वकप ट्रफी यही मङ्सिर १९ गते बेलायत हुँदै नेपाल ल्याइएको थियो।

मङ्सिर २० गते ट्रफीलाई सगरमाथा आधार शिविरमा लगिएको थियो। त्यस्तै मङ्सिर २१ गते विश्वसम्पदा सूचीमा सूचीकृत स्वयम्भूनाथ, बौद्धनाथ, पशुपतिनाथ र पाटन दरबार स्क्वायरमा प्रदर्शन गरिएको थियो।

सन् २०१२ देखि नेपालमा पनि रग्बी खेलको औपचारिक सुरुआत भएको सङ्घले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed