![]()
मकवानपुर । प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिताको उपाधि पुरुष डबल्सतर्फ इन्द्र मेहता र भेट्रान्स उपाधि बुद्धि चौधरीको जोडीले हात पारेको छ । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–११ स्थित थाना भर्याङमा नवनिर्मित बहुउद्देश्यीय कभर्ड हलमा सम्पन्न भएको प्रतियोगितामा खुला पुरुषतर्फ डबल्सको उपाधि काठमाडौंका इन्द्र मेहेता र महेन्द्र ढकाल तथा भेट्रान्स पुरुष भेट्रान्सको उपाधि हेटौंडाका बुद्धि चौधरी र बिष्णु अधिकारीले जितेका छन् ।
खुला पुरुषतर्फ मेहेता र ढकालको जोडीले किरण लामा र निश्चल बस्नेत चितवनको जोडीलाई १६–२१, २४–२२ र २१–११ तथा भेट्रान्सतर्फ चौधरी र अधिकारीको जोडीले वीरगञ्जका नरेश कायस्थ र सरोजराज श्रेष्ठको जोडीलाई १७–२१, २१–१८ र २४–२२ को सेटमा पराजित गर्दै च्याम्पियन भएको हो ।
उपाधिसँगै विजेताले ५० हजार रुपैयाँ र उपविजेताले ३० हजार रुपैयाँ तथा सेमिफाइनलमा पुग्ने जोडीले २० हजार रुपैयाँ प्राप्त गरे । मंसिर १९ गतेबाट सुरु भएको प्रतियोगितामा विभिन्न जिल्लाका ४८ जना खेलाडी सहभागी थिए ।


