Breaking News.... EverestOnlineKhabar
May 1, 2026

सलमान खान र अक्षयकुमार सबैभन्दा बढी कमाउने भारतीय कलाकार

Loading

एजेन्सी । फोर्ब्स म्यागेजिनले सन् २०१८ मा सबैभन्दा धेरै कमाई गर्ने भारतीय सेलिव्रेटीको नाम सार्वजनिक गरेको छ । यो सूचीको सबैभन्दा पहिलो नम्बरमा बलिउड नायक सलमान खान छन् । सलमानले चलचित्र, रियालिटी शोको माध्यमबाट यो बर्ष २ सय ५३ करोड कमाई गरेका छन् ।

यस्तै, नायक अक्षय कुमार सर्वाधिक कमाई गर्ने बलिउडकर्मीको दोश्रो स्थानमा छन् । उनले १८५ करोड कमाई गरेको फोर्ब्समा उल्लेख छ । अक्षयले पनि चलचित्र, विज्ञापनबाट बढी रकम कमाएका छन् । नायिकाहरुमा दिपिका पादुकोणबाट टप १० मा परेकी छिन् ।

यसैबर्ष नायक रणवीर सिंहसँग बिहे गरेकी दीपिकाले १२२ करोड कमाई गरेकी छिन् । यो सूचीमा आमिर खान, अमिताभ बच्चन पनि छन् । नायक साहरुख खान भने सर्वाधिक कमाई गर्ने सूचीको टप १० मा परेका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed