Breaking News.... EverestOnlineKhabar
May 1, 2026

निर्मलाको न्यायका लागि माइतीघरमा लगातार प्रदर्शन

Loading

काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको न्यायका निम्ति शनिबार काठमाडौंको माइतीघर मण्डलामा  दबाबमूलक कार्यक्रम आयोजना गरिएको छ।

निर्मला पन्तको बलात्कार र हत्या भएको करिब ४ महिना बित्दा पनि हत्यारा पत्ता लगाउन नसकेको भन्दै अभियान्ताहरूले स्वत:स्फूर्त रूपमा दबाबमूलक कार्यक्रमहरू आयोजना गरेका हुन्।

सहभागीहरूले थरी थरी नेता, थरी थरी ताल, गोर्खालीको देशमा न्यायको अनिकाल,प्रहरी : प्रमाण जुटाउनको लागि कि मेटाउन?,म निर्मला मलाई न्याय चाहियो लगायतका नारा बोकेको ब्यानर, प्ले कार्ड बोकेका थिए। साथै केहीले आँखामा पट्टी लगाएर प्रधानमन्त्री र गृहमन्त्रीप्रति सांकेतिक विरोध गरेका थिए।

कार्यक्रममा सडक नाटक पनि देखाइएको थियो। साथै, अल्फा राइडर्सका टिमले पनि सहभागिता जनाएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed