Breaking News.... EverestOnlineKhabar
April 30, 2026

जापानमा दुई अमेरिकी फाइटर बिमान आपसमा ठोक्किए, ६ जना बेपत्ता

Loading

बीबीसी । जापानमा  तेल भर्ने क्रममा दुई अमेरिकी विमान एक आपसमा ठोक्किएका छन्  जसका कारण ६ नौसैनिक हराइरहेका छन् । यसबारे अमेरिकी रक्षा अधिकारीले जानकारी दिएको हो ।

अधिकारीका अनुसार एफए–१८ हर्नेट जेट फाइटर र केसी–१३० हर्क्युलिस रिफ्युलिङ एयरक्राफ्ट हावामा ठोक्किएको हो । जापानको रक्षा मन्त्रालयका अनुसार दुई विमानमा सवार सात जनामध्ये एकजनाको उद्दार गरिएको छ ।

हराइरहेका नौसैनिकबारे पत्ता लगाउनका लागि अभियान जारी भएको बताइएको छ । यसका लागि डाक्टरले पनि क्रु–मेम्बर्सको मद्दत गरिरहेका छन् । जापानले पनि विमानको खोजीका लागि चार एयरक्राफ्ट र तीन जहाज पठाएको बताएको छ ।

जापानले जहाज पठाएकोमा अमेरिकाले धन्यवाद दिएको छ । अमेरिकाले  यो दुर्घटनालाई सामान्य भन्न नमिल्ने बताएको छ । नोभेम्बरमा अमेरिकी नेभी लडाकू विमान जापानको समुन्द्रमा दुर्घटनाग्रस्त भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed