Breaking News.... EverestOnlineKhabar
April 30, 2026

रोहित चन्द इण्डोनेशियाको उत्कृष्ट खेलाडीको मनोनयनमा

Loading

एजेन्सी । नेपाली फुटबल खेलाडी रोहित चन्द इन्डोनेसियाको शीर्ष श्रेणीको फुटबल लिगमा उत्कृष्ट खेलाडीको मनोनयनमा परेका छन् । इन्डोनेसियाको फुटबल क्लब पर्सिजा जाकार्ताबाट खेल्दै आएका रोहित यो सिजनको उत्कृष्ट फुटबलरका लागि सार्वजनिक गरिएको उत्कृष्ट तीन खेलाडीको मनोनयनमा परेका हुन् ।

मिडफिल्डर रोहितसँगै अरु दुई खेलाडीलाई पनि उक्त अवार्डका लागि मनोनीत गरिएको छ । रोहितले यो सिजन पर्सिजाका लागि ३० खेल खेल्दै ३ गोल गरेका छन् ।

इन्डोनिसियाको ‘लिग वान’मा अब सबै टिमले एक/एक खेल खेल्न बाँकी रहँदा रोहितको टिम ५९ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed