Breaking News.... EverestOnlineKhabar
May 1, 2026

Loading

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका सदस्य विमल घर्तीमगर  बेल्जियम प्रस्थान गरेका छन् । बेल्जियमको दोस्रो डिभिजनको क्लबमा ‘ट्रायल’ दिन विमल कम्तीमा १० हप्ताका लागि बेल्जियम प्रस्थान गरेका हुन् ।

ट्रायलमा सफल भएको खन्डमा विमललाई सोही क्लबले अनुबन्ध गर्ने सम्भावना रहेको छ ।  ‘ए’ डिभिजन लिग फुटबलमा विमल च्यासल युथ क्लबमा आबद्ध थिए । च्यासलबाट पाँचौं चरणका खेलसम्म खेलेका विमल क्लबसँगको करार रद्द गर्दै बेल्जियम लागेका हुन् ।

विमलको कप्तानीमा नेपालले सन् २०१५ मा १९ वर्षमुनिको साफ च्याम्पियनसिप जितेको थियो ।

किरण चेम्जोङ फर्किए

नेपाली राष्ट्रिय फुटबल टोलीका पहिलो रोजाइका गोलकिपर किरण चेम्जोङ माल्दिभ्सको लिग सकाएर स्वदेश फर्किएका छन् । बुधबारै काठमाडौं आइपुगेका किरणलाई ‘ए’ डिभिजन लिगमा अनुबन्ध गर्न केही क्लबहरु लागेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed