Breaking News.... EverestOnlineKhabar
May 1, 2026

ट्रम्प दम्पत्तीद्वारा पूर्व राष्ट्रपति बुसप्रति श्रद्धाञ्जली व्यक्त

Loading

बीबीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र र उनकी पत्नी मेलानियाले दिवंगत पूर्व अमेरिकी राष्ट्रपति जर्ज एच डब्लू बुशप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

बुशको पार्थिव शरीर एयरफोर्समार्फत् टेक्सासबाट वासिंटन डीसी ल्याएर रोटुंडामा राखिएको छ । ट्रम्प दम्पत्तिले क्यापिटोलमा पुगेर दिवंगत बुशप्रति श्रद्धाञ्जली अर्पण गरेका हुन् ।

बुश परिवार र ट्रम्पबीच विगतमा चर्को मतभेद थियो । ट्रम्प बुधबार हुने बुशको अन्तिम संस्कारमा समेत सहभागी हुने कार्यक्रम छ ।

अमेरिकी पूर्वराष्ट्रपति बुशको गत शुक्रबार ९४ वर्षको उमेरमा निधन भएको थियो । उनको शवलाई उनकी पत्नी बारबरा समाधिस्थ गरिएको टेक्सासस्थित घरमै समाधिस्थ गरिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed