Breaking News.... EverestOnlineKhabar
May 1, 2026

७ बर्षीय यूट्यूबर, बार्षिक २२ मिलियर अमेरिकी डलर आम्दानी

Loading

एजेन्सी । खेलौनाहरुको रिभ्यु गर्ने सात वर्षका बालक युट्युबमार्फत बढी आय गर्ने यूट्युब स्टार बनेका छन् । रायन नाम गरेका सात वर्षीय बालकले आफ्नो च्यानल रायन टोयज् रिभ्युमा विभिन्‍न खेलौनाको रिभ्यू गर्दै आएका छन् ।

उनको आय गएको वर्षको भन्दा दोब्बर भएको छ । रायनको आय यो वर्ष २२ मिलियन अमेरिकी डलर (२ अर्ब ४७ करोड ५५ लाख ५० हजार नेपाली रुपैयाँ)  रहेको छ ।

उनले ज्याक पलले भन्दा पाँच लाख डलर बढी आए गरेको गएको जुनमा फोर्ब्स म्यागजिनले बताएको थियो । रायनले प्रायः हरेक दिन भिडियो पोस्ट गर्ने गरेका छन् र उनको भिडियो एक दिनमै मिलियन भन्दा बढी पटक हेरिने गरेको छ । ज्याकपछि तेस्रो स्थानमा ड्युट पर्फेक्ट च्यानल रहेको छ।

यो च्यानलको आय २० मिलियन अमेरिकी डलर रहेको फोर्ब्सले जनाएको छ । एनबिसीले रायनलाई किन बच्चाहरु उनको भिडियो हेर्न चाहन्छन् भनेर सोध्दा उनले भनेका छन्, ‘किनकी म रमाइलो छु र चाख लाग्दो पनि ।’

रायनका अभिभावकले सन् २०१५ को मार्चमा च्यानल बनाएका हुन् । यो च्यानलका भिडियोहरु २६ बिलियन भन्दा धेरैपटक हेरिएको छ । उनको च्यानल १७.३ मिलियनले सब्सक्राइब गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed