Breaking News.... EverestOnlineKhabar
April 30, 2026

फ्रान्स : आन्दोलन चर्किएपछि इन्धनमाथि लगाइएको कर फिर्ता

Loading

बीबीसी । फ्रान्स सरकारले बढाइएको इन्धनमाथिको कर फिर्ता लिने भएको छ । सरकारले इन्धनमाथि लाग्दै आएको कर बढाएपछि झण्डै तीन हप्तादेखि फ्रान्समा प्रदर्शन हुँदै आएको थियो ।

यस क्रममा ८० वर्षकी एक महिलासहित चारजनाको ज्यान गएको छ । हजारौँ श्रमिक सडकमा आएर मूल्य बृद्धिको बिरोधमा प्रदर्शन गरेपछि सरकार आफ्नो निर्णय फिर्ता लिन बाध्य भएको हो ।

प्रदर्शन हिंसात्मक बन्दै गएपछि राष्ट्रपति इम्यानुएल म्याक्रोनले सुरक्षा निकायका प्रमुखसँग छलफल गरेका थिए । त्यो छलफलपछि एक मन्त्रीले सरकार प्रदर्शन नियन्त्रणमा लिन आपतकाल लगाउनेसहितका विकल्प खुला रहेको बताएका थिए । तर सरकारले इन्धनमाथि बढाइएको कर नै फिर्ता लिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed