Breaking News.... EverestOnlineKhabar
May 1, 2026

Loading

काठमाडौँ । कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारा पत्ता लगाउनका लागि सरकार उदासिन भएको आरोप लगाउँदै उनको न्यायका लागि दबाब दिन एकयुवा समूहले राजधानीबाट बाहिरिने बसहरुको ‘सरकार भेटियो, न्याय भेटिएन’ लेखिएको पोस्टर टाँसेका छन् ।

निर्मला पन्तको न्यायका निम्ति दबाब दिन उपत्यका लगायत ठूला सहरमा टाँसिएका पोस्टर प्रहरी तथा प्रशासनले पटक-पटक च्यातेका कारण बसहरुमा टाँसिएको उनीहरुले बताएका छन् । देशभरबाट नै निर्मलाको निम्ति आवाज उठोस् भन्ने चाहेरै आफूहरुले बसमा पोस्टर टाँस्न थालेको उनीहरुले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed