Breaking News.... EverestOnlineKhabar
May 1, 2026

Loading

एजेन्सी।  बलिउड अभिनेता सञ्जय दत्त यतिबेला फिल्म पानीपतका कारण चर्चामा छन्। उनी पानीपतमा नयाँ अवतारमा देखिंदैछन्। उक्त फिल्ममा सञ्जयका अलावा अर्जुन कपुरले पनि मुख्य भूमिका निभाउँदैछन्।

सञ्जय दत्तले पानीपतभन्दा पहिला फिल्म अग्नीपथमा अभिनय गरेका थिए। अग्नीपथमा खलनायकको भूमिका निर्वाह गरेका सञ्जय सो फिल्मबाट निकै प्रशंसित भएका थिए।

आशुतोष गोवारिकरको निर्देशन रहेको पानीपतको टिजर पोस्टर रिलिज भइसकेको छ। पोस्टरमा युद्ध मैदानमा तरबार गाडेको दृश्य देखाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed