Breaking News.... EverestOnlineKhabar
May 1, 2026

लिभरपुलमाथिको जितपछि पिएसजी समूह सी को दोस्रो स्थानमा

Loading

एजेन्सी । च्याम्पियन्स लिग फुटबल अन्तर्गत लिभरपुललाई यो सिजन नकआउट चरणमा स्थान बनाउनका लागि हम्मेहम्मे पर्ने देखिएको छ ।लिगको समूह चरण अन्तर्गतको खेलमा इंग्लिस क्लब लिभरपुल फ्रान्सेली क्लब पेरिस सेन्ट–जर्मेन (पिएसजी) सँग २–१ ले पराजित भयो ।

समूह सी अन्तर्गतको खेलमा घरेलु टोली पिएसजीलाई जिताउन नेइमार र आन बर्नेटले गोल गरे । लिभरपुलका लागि जेम्स मिल्नरले एक गोल फर्काए । दुवै तर्फबाट पहिलो हाफमा नै गोल भएको हो । दोस्रो हाफमा दुवै तर्फबाट गोल भएन ।

पिएसजी चोटमुक्त भएका नेइमार र केलियन एमबाप्पेसहित मैदानमा उत्रिएको थियो । मोहम्मद सालहसहितको लिभरपुल पिएसजीको अगाडि यो खेलमा कमजोर देखियो ।

जितपछि पिएसजीले समूह सी को दोस्रो स्थानमा उक्लिएको छ, उसको आठ अंक भएको छ । पराजित भएको लिभरपुल ६ अंकसहित तेस्रो स्थानमा छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed