![]()
एजेन्सी । सेभिल्ला बार्सिलोनालाई पछि पार्दै स्पेनिस ला लिगा फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । लिग अन्तर्गत भएको खेलमा रियल भालाडोलिडमाथि १–० को जित निकाल्दै सेभिल्ला शीर्ष स्थानमा पुगेको हो ।
घरेलु मैदानमा भएको खेलमा सेभिल्लालाई जिताउन आन्द्रे सिल्भाले गरेको गोल नै निर्णायक बन्यो। इटालियन क्लब एसी मिलानबाट लोनमा आएका सिल्भाले क्लबका लागि महत्वपूर्ण गोल गरेका हुनन् । उनको गोलपछि सेभिल्ला बार्सिलोनालाई पछि पार्न सफल भयो ।
खेलपछि शीर्ष स्थानमा उक्लिएको सेभिल्लाको १३ खेलबाट २६ अंक भएको छ । दोस्रो स्थानमा झरेको बार्सिलोनाको २५ अंक छ ।


