![]()
एजेन्सी । इटालियन सिरी ए फुटबलमा लिग लिडर युभेन्टसले स्पाललाई पराजित गरेको छ । आफ्नो घरेलु मैदानमा भएको खेलमा स्पालजाई २-० गोलअन्तरले पराजित गरेको हो । युभेन्टसको जितमा क्रिस्टियानो रोनाल्डो र मारियो मान्ड्जुकिकले गोल गरे ।
जितपछि १३ खेलबाट युभेन्टसले ३७ अंक बनाएको छ । पराजित स्पालको भने १३ खेलबाट १३ नै अंक रहेको छ ।


