Breaking News.... EverestOnlineKhabar
May 1, 2026

स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना एट्लेटिको मड्रिडसँग बराबरीमा रोकियो

Loading

एजेन्सी ।  बार्सिलोना स्पेनिस ला लिगा फुटबलमा एट्लेटिको मड्रिडसँग बराबरीमा रोकिएको छ । पाहुना टोली बार्सिलोना एट्लेटिको मड्रिडसँग १-१ गोलको बराबरीमा रोकिएको हो । एट्लेटिको मड्रिडका लागि डिएगो कोष्टाले गोल गरेका थिए । यता, बार्सिलोनाका लागि भने ओसुमाने डेम्बेलेले गोल गरेका थिए ।

दुबै टिमले पहिलो हाफसम्म गोलरहित बराबरी खेलेका थिए । तर कोष्टाले खेलको ७७औं मिनेटमा गोल गर्दै एट्लेटिको मड्रिडलाई अग्रता दिलाएका थिए । आफ्नो अग्रतालाई जोगाउन नसक्दा बार्सिलोनासँग एट्लेटिको मड्रिडले अंक बाड्न पुगेको हो ।

बार्सिलोनाका लागि खेलको ९०औं मिनेटमा डेम्बेलेले गोल हार बाट जोगाए । बराबरीसँगै बार्सिलोनाको १३ खेलबाट २५ अंक भएको छ । त्यस्तै, एट्लेटिको मड्रिडको १३ खेलबाट २४ अंक भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed